दैलेखको पेट्रोलियम अन्वेषण सफलता, प्रधानमन्त्री ओली खुसी



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षअघि आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम खानीको काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पाइएको छ  । यो भनेको नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार हो । २०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो ।

ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत भएको थियो । चौथोपटक ओली प्रधानमन्त्री बनेका बेला प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह पैदा गरेको छ ।

अन्तिम प्रतिवेदन भने डिसेम्बरमा आउनेछ । ओलीले पहिलो कार्यकालमा यो परियोजनाको कुरा गर्दा कतिपयले ट्रोल समेत गरेका थिए । प्रधानमन्त्रीले भनेका छन् दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ०५ : ५४  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०