पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको लञ्च मिटिङ



हाम्रो इकोनोमि

 

 

भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल आसिम मनिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि बोलाएपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।

अमेरिकाको पाँच दिने भ्रमणका क्रममा रहेका सेनापति मुनिरसँग आज अमेरिकी स्थानीय समय अनुसार अपराह्न १ बजे राष्ट्रपति ट्रम्पले लञ्च वार्ता गर्दैछन् । पाकिस्तानी सेनापतिलाई अमेरिकी राष्ट्रपतिले यो तहको खातिरदारी गरेको इतिहासमा विरलै पाइएको छ । बीबीसीका अनुसार पाकिस्तानी सेनापतिसँग लञ्चभन्दा पहिले अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा ३५ मिनेट वार्ता गरेका छन् । जी ७ समिटमा दुई नेताबीच भेट नभएकाले फोन संवाद भएको हो ।

यसपटक पाकिस्तानी सेनापतिसँग अमेरिकी राष्ट्रपतिको वार्तालाई भारतीय पक्षे निकै चासो र सजगताका साथ हेरेको छ । गत महिना दुई देशबीच भएको युद्ध रोक्नमा अमेरिकाको हात रहेको चर्चा चल्दै आएको छ । युद्धविरामको पहिलो जानकारी पनि अमेरिकी राष्ट्रपतिले गराएका थिए । इरान इजरायल युद्धको बेला हुन लागेको पाकिस्तानी सेनापतिसँगको ट्रम्पको वार्तालाई अर्थपूर्ण मानिएको छ । इरान पाकिस्तानको छिमेकी देश समेत हो । दुई देशका सेनापतिबीच हालै वार्ता भएको थियो ।

दक्षिण एशियाको भूराजनीतिक मामिलामा दख्खल राख्ने विश्लेषक माइकल कुगलम्यानले जनरल मुनिरसँग राष्ट्रपति ट्रम्पको वार्ता धेरै अर्थमा ऐतिहासिक रहने र यसको सम्बन्ध खनिज तथा क्रिप्टोसँग समेत जोडिएको दावी गरेका छन् । यसका साथै कश्मिर मामिलालाई पाकिस्तानले अमेरिकामार्फत अन्तर्राष्ट्रिय मुद्दा बनाउन खोजिरहेको छ ।

यसका साथै इरानविरुद्ध अमेरिका सैन्य कारवाहीसहित उत्रिएमा पाकिस्तानी सेनाको भूमिका के हुने भन्ने बारे पनि अमेरिकाको चासो रहेको छ । कुगलम्यानले ह्वाइट हाउसमा पाकिस्तानी सेनापतिको आतिथ्य आफैंमा असामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...