प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच बालुवाटारमा डेढ घन्टा छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा करिब डेढ घन्टा सघन छलफल भएको छ । स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारी साँझ ७ बजे बालुवाटार पुगेकि थिइन् । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयहरू र भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ ।

स्रोतका अनुसार, भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो हालैको चीन भ्रमणका विषयमा पनि जानकारी गराएकाे बताइएको छ । पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला भएको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भण्डारी एमालेको भावी अध्यक्षको आकांक्षासहित राजनीतिमा सक्रिय हुन खोजीरहेकी छन् । यसप्रति ओली खुसी छैनन् । ओलीकै प्रस्तावमा भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । तर, पछिल्लो समय उनीहरूबीचको सम्बन्ध सुमधुर छैन । तिक्ततापूर्ण सम्बन्धका बीच उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...