३ ठाउँमा पहिरो गएपछि अरनिको राजमार्ग बन्द



हाम्रो इकोनोमि

 

 

सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् ।

सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । ललितपुरस्थित कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिनयी खोला र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ । धनकुटाको रवि राके भेडेटार सडक र जुम्लाको जुम्ला(मुगु सडक एकतर्फीमात्रै सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...