दाउन्ने सडक हिलाम्मे, लामो ट्राफिक जाम



हाम्रो इकोनोमि

 

 

 वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको छ । दाउन्नको सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।

निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ । त्यसैले सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् ।

 पानी परेर सडकमा हिलो भएकाले लोड गरेका गाडीहरु चल्न सकेका छैनन् । अरु गाडीहरु भने विस्तारै–विस्तारै चलेका छन् । तर निर्वाध सन्चालन हुन नसक्दा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

अँस्तिदेखि नै दाउन्ने खण्डमा सवारी साधन सहजसँग चल्न सकेका छैनन् । त्यहाँ एउटा ट्रक बिग्रिएर रोकिएकाले ट्राफिक जाम भएको थियो । सो ट्रकलाई साइड लगाइसकिए पनि हिलाम्मे सडकमा सवारी साधन सन्चालनमा बाधा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...