एमालेनिकट कानून व्यवसायीको अध्यक्षमा अमर थापा विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियाले २१३ मत ल्याए ।

यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भए । महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी हुँदा हिमा देवी बस्नेतले १५२ मत ल्याइन् ।

महासचिवमा भुवन प्रसाद निरौला १६३ मत ल्याएर विजयी भए । चूडामणि पौडेलले ७४ मत ल्याए शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत ल्याए । त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए ।

सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् । सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...