माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने तयारी



हाम्रो इकोनोमि

 

 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला सांसदबाट निलम्बित छन् । उनी पार्टी अध्यक्षसँगै संसदीय दलका नेता पनि हुन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर पछि उनी निलम्बित भएका हुन् ।

सांसदका रूपमा काम गर्न नपाउने व्यक्ति संसदीय दलको नेता हुनु शोभायमान नहुने भन्दै नेपाललाई दलको नेताबाट हटाएर अर्को नेता तोक्न पार्टीभित्र माग भएको छ । मागकर्ता एक नेताका अनुसार, स्वयं अध्यक्ष नेपालसँग भेटेर उनीहरूले दलको नेता फेर्नुपर्ने माग गरेका थिए । त्यसयता न संसदीय दलको बैठक बोलाइएको छ, न त पार्टीमै छलफल चलेको छ । ती नेताका अनुसार पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि पार्टीको कुनै पनि तहको बैठक बोलाइएको छैन ।

‘अध्यक्षमाथि कानूनी प्रश्न उठेपछि उक्त प्रश्नको कानूनतः निरुपण नहुञ्जेल नैतिकताका अधारमा पार्टी अध्यक्ष र संसदीय दलको जिम्मेवारीबाट अलग हुनुपर्थ्यो’ ती नेताले भने सम्मानित नेता झलनाथ खनालले प्रारम्भिक प्रतिक्रियामै यस्तो कुरा भन्नुभयो, त्यसैले बैठक पनि बोलाइएन । पार्टी महासचिव घनश्याम भुसालका अनुसार अहिले अध्यक्ष नेपाल कानूनी परामर्शकै चरणमा भएका कारण दलको नेता फेर्ने विषयमा पार्टी प्रवेश गरेको छैन । यो जहिले गर्दा पनि हुने कुरा हो, हामीले छलफल गर्नै पाएका छैनौँ’, उनले भने ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे दलका उपनेता पनि हुन् । अहिले उक्त पार्टीका तर्फबाट संसदमा केही बोल्नुपरे वा गर्नुपरेमा सबै कामको संयोजन उनैले गर्दै आएका छन् । यद्यपि, दलको नेताको रुपमा परिभाषित जिम्मेवारी र त्यसअनुसारको सुविधा पाउने गरी अर्को नेता तोक्नुपर्ने माग पार्टीमा उठेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपाल निलम्बित भएकै मितिदेखिका सम्पूर्ण सुविधाहरू रद्ध भइसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...