इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 

 इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ ।

आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ । यसैगरी ताम्रामा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।इजरायलले भने इरानको परमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आक्रमणबाट इरानको रक्षा मन्त्रालयसँगै अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।

इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली प्रसारण केन्द्रमा आक्रमण गरिएको छ । यसैगरी इरानले इजरायलका तीन क्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकाशमै ध्वस्त पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...