रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

 

 

 

हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।

गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । विहीबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेश भएपनि उनीहरूको थुनछेक बहस नभएका कारण अहिले केही आदेश भएको छैन ।
मुद्दाको अनुसन्धान प्रक्रियाका लागि हाजिर नभएपछि खोजी कार्य सुरू भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौका प्रवक्ता एसपी अपीलराज बोहराले पनि मिश्र र राणालाई कार्यालयमा उपस्थित गराउने प्रक्रिया शुरू भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...