अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म



हाम्रो इकोनोमि

 

 

राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला एमालेनिकट अनेरास्ववियुको निर्वाचनमा यस पटक डाक्टर, इन्जिनियरहरुको आकर्षक उपस्थिति देखिएको छ । अनेरास्ववियुको मात्र नभएर विद्यार्थी संगठनहरुकै इतिहासमा सम्भवतः पहिलोपटक मेडिकल डाक्टर अध्यक्ष बनेका छन् ।

क्लिनिकल साइकोलोजीमा काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस गरेका ३२ वर्षीय डा.सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन् । रामेछापका कडरियाले कोभिडकै बेलादेखि गाउँ गाउँमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । त्यस्तै उपाध्यक्षमा पनि इन्जिनियर विकास श्रेष्ठ निर्वाचित भएका छन् । सिभिल इन्जिनियर श्रेष्ठ पनि रामेछापकै हुन् ।

उपमहासचिवमा निर्वाचित भएका कमल जोशी एमएस्सीका सर्वोत्कृष्ट विद्यार्थी हुन् भने उपमहासचिवमा पराजित प्रेमिका राज्यलक्ष्मी शाही स्टाफ नर्स हुन् । अखिलका ४ जना निर्वाचित सचिवमध्ये रचना सापकोटा सिभिल इन्जिनियर हुन् भने गोपाल नेपाल अधिवक्ता हुन् । त्यस्तै अर्का सचिव आकाश घर्ती पनि स्वास्थ्यकर्मी हुन् । घर्ती पेशाले फर्मासिस्ट हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिसिन क्याम्पसको सभापति भइसकेका डा.आनन्द कुमार सिंह भने सचिवमा पराजित भए । त्यस्तै ४९ सदस्यीय केन्द्रीय सचिवालय सदस्यमा ५ जना इन्जिनियरले जितेका छन् ।

गण्डकीबाट किशोरचन्द्र सुवेदी, सुदूरपश्चिमबाट रोशनबहादुर साउद, विश्वविद्यालय राष्ट्रिय कमिटीबाट विशाल आचार्य, बागमतीबाट नवीन्द्र चालिसे, खुला सचिवालय सदस्यमा नितेश लामिछाने र सुकृति सुवेदी इन्जिनियरले जितेका छन् ।

त्यस्तै खुला सचिवालय सदस्यमा डाक्टर पुष्पराज भाम, एमएस्सीका रुद्रहरी पोखरेल,अधिवक्ता समीर रिजाल पनि विजयी भएका छन् । पोखरेल अमृत साइन्स क्याम्पस ठमेल र रिजाल नेपाल ल क्याम्पसका सभापति समेत हुन् ।

त्यस्तै केन्द्रीय सदस्यमा इन्जिनियर सुदिन अधिकारी, सचिवन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनीश पोखरेल र लोकेन्द्रबहादुर विष्ट निर्वाचित हुँदा डाक्टर प्रविण भुसाल र अधिवक्ता स्मृति अधिकारी पनि जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...