रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर
चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो इकोनोमी डट कमका चितवन सम्वाददाता ईश्वरी सिंहले वडाको बिकास र राजनितिसँग जोडिएका बिषयमा गरेको कुराकानी ।
राजनिती भनेको के हो ?
राजनीति भनेको देश र समाजलाई रुपान्तरण गर्ने प्रणाली हो । राजनिती कहिले फोहोरी खेल होइन, राजनितीमा केही नकारात्मक सोच भएका ब्यक्तिहरुको कारणले गर्दा सबैको नजरमा राजनिती फोहोरी बन्न पुग्यो ।
वडा अध्यक्ष भएको तीन बर्षमा तपाईं ले विकाशका के -के काम गर्नु भयो ?
वडा अध्यक्षको पद भार सम्हाले देखि मैले पुल्चोक देखि पोखरा बस पार्क सम्म दुबै तर्फको बाटोमा मान्छे हिँड्नकोलागी पेटि निर्माण , लिलाचोक देखि गणेश श्रेष्ठ चोकसम्म दुबैतर्फ पेटि निर्माण , लाइन्स चोक देखि नमस्ते चोक हुँदै बालकुमारी क्याम्पससम्म पेटि निर्माण , बालकुमारी देखि इन्द्रदेव हल र गणेशहल तर्फ सडक ढलान, त्यस्तै मैयाँदेवि ट्रष्टदेखि रेडक्रसचोक सम्म सडक ढलाइ, बालकुमारी देखि गणेश हल तर्फ सडक ढलान, मैयाँदेवि ट्रष्ट चोकदेखि रेडक्रस चोकसम्म सडक ढलाइ, गौरेश्वर पशुपति मन्दिर देखि पुष्पलाल अध्यन प्रतिष्ठानसम्म पिच बाटो ,लिला चोकदेखि रेयुकाइ तर्फ मोज्याक टायल सप्पन्न कार्य, देवघाट स्वर्गद्वारी चोक देखि हनुमान मन्दिरसम्म सडक ढलाइ, स्वर्गद्वारीचोक बाट शौचालय हुँदै बौद्ध गुम्बा जानेतर्फ सडक ढलाइ, यज्ञशालादेखि ॐ शान्ति मेनरोड निस्किने बाटोमा मोज्याक टायल, यसैगरी रामनगर, ठिमुरा,नारायणघाट बजार लगातका विभिन्न स्थानहरुमा सडक निर्माण र मर्मत सम्भारको कार्य गरिएको छ ।
त्यसै गरि वडामा सीपमुलक तालिम ब्युटिपार्लर , चुरा पोते, बेकरी, सरफ र साबुन बनाउने लगायत विभिन्न कार्यक्रमहरु गरेकोछु । लागू औषध नियन्त्रणका कार्यक्रमहरु ,खेलाडीहरुलाइ खेलकुदका सामान हस्तान्तरण , सरकारी बिद्यालयका बिद्यर्थिहरुलाई पाष्ठ्पुस्तक बितरण, बिपन्नलाइ स्वास्थ्यबिमा, स्वास्थ्य शिविरहरु, दृष्ठिबिहिन र अपांगता सम्बन्धि कार्यक्रम ,जेष्ठ नागरिक सम्मान, सार्वजनिक स्थानहरुमा सिमेन्टको कुर्सिको ब्यवस्थापन गर्नुको साथै जोर कुशुम पार्कमा तटबन्धन गरि चौतारो तथा खुल्ला जिमशाला लगायत धेरै कार्यक्रमहरु गरेको छु । आगामी दिनमा वडामा अझै बिकाशका कार्यहरु गर्दैजाने सोच बनाएको छु ।
वडाले जनतासँग चाहिने भन्दा बढि कर लियो भन्ने जन गुनासो छ । यस बारेमा तपाईंको भनाइ के छ ?
यस्तो नकारात्मक कुरोहरु फैलाउने काम बिकास बिरोधिहरुले गरेका हुन् । जनतासँग लाग्दो कर मात्र उठाइएको छ । साथै उठाइएको करको मैले पुर्ण सदुपयोग गरेको छु ।
भरतपुर महानगरपालिका र मेयर रेणु दाहालले वडाहरुलाइ कस्तो साथ सहयोग गर्नु भएको छ ?
मेयर रेणु दाहालले वडाका अध्यक्ष फरक पार्टीको भएर होला असमान ब्यवहार , असहयोग गर्नुको साथै बजारको बिकास र ब्यवस्थापनमा साथ नदिएको महसुस गरेको छु । उहाँको बोली र ब्यवहारमा एकरुपता छैन ।
भरतपुर महानगर पालिकामा मेयर पदकोलागी रेणु दाहाल कत्तिको उपयुक्त हुनुहुन्छ ?
मिडियामा जसरी उहाँको प्रचार प्रसार गरिएको छ, त्यो सबै सटन्डबाजि हो । नातावद र कृपावादमा उहाँ हावी हुनुहुन्छ, जस्ले गर्दा अरुको बारेमा त मलाई थाहा भएन तर ब्यक्तिगत रुपमा मलाई असहयोग भएको महसुस गरेको छु ।
अन्त्यमा आफ्नो वडाका जनतालाई के भन्न चाहानु हुन्छ ?
म वडा अध्यक्ष भएको दिन देखी रात दिन नभनी निस्वार्थ रुपमा काम गर्दै आएको छु । मैले सोंचे बमोजिम अझ धेरै कामहरु गर्न बाँकी छ, त्यसैले ८४ को चुनावमा मेयर वा सांसदमा उम्मेदवारी दिने सोचेको छु । मैले गरेको कार्यहरुको विश्लेषण गरेर जनताले मलाई अवश्य साथ दिनेछन् भन्नेमा म विश्वस्त छु ।
प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार ०३ : ४६ बजे