विद्या भण्डारीले एमालेको अध्यक्ष हुन्छु भन्नुभएको छैन : शेरधन



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको स्थायी समिति सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना व्यक्त नगरेको बताएका छन् । भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेको भन्दै उनले आपत्ति प्रकट गरे । जसले एमालेमा अन्यौलता सृजना गरेको राईको भनाइ छ । आफू भण्डारीकै जिल्लाबासी र लामो समय सँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने भन्दै सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको उनको जिकिर थियो ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लाबासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ । आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ ’ पूर्वमुख्यमन्त्री राईले भने ।

चौतारीको पत्रकार भेटघाटमा बोल्दै राईले केही दिन अगाडि उहाँको कोशी प्रदेश भ्रमणका क्रममा अनेक शंसय सृजना भएको बताए । आफूहरू पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमालेकै पूर्वउपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपतिसमेत भएकाले स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईले प्रष्टीकरण दिए ।

दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो । पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँनु हुँदा हामीले उहाँलाई स्वागत गर्नुपर्थ्यो ,हामीले स्वागत पनि गर्‍यौँ । उहाँ नेकपा एमालेको पूर्वउपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो । उहाँलाई हामीले स्वागत गर्नुपर्थ्यौ त्यो गर्‍यौँ ।

राईले विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्कँदै गरेको अथवा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्थापन गर्न लागेको भन्ने कुरामा सत्यता नभएको बताए । बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन् । तर, उहाँले यस्ता कुराहरू व्यक्त गर्नुभएको छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...