प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी



 

 

प्रधानमन्त्री केपी ओलीले आगामी साउनको दोश्रो सात भारत भ्रमण गर्नुहुने भएको छ । सरकारले हालैबाट उक्त भ्रमणको तयारी थालेको एमाले बृत्तमा चर्चाको बिषय भएको छ । उहाँको विदेश भ्रमणको क्रमभने आगामी असार १६ बाटै चरणबद्ध रुपमा शुरुहुने भएको छ । युरोपेली मुलुक स्पेन र भारतको भ्रमणसँगै मध्य–एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणको तयारी पनि थालेको छ ।

नयाँ दिल्लीबाट भारत भ्रमणको सन्दर्भमा सकारात्मक संकेत आएकाले सोहीअनुसार तयारी थालिएको हो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेकाले उक्त भ्रमण पनि सुनिश्चित रहेको जानकारहरुको भनाई छ ।

नेपालको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलेसमेत भ्रमणका विषयमा भारतीय अधिकारीहरुसँग छलफल थालेको पाइएको छ ।  एमालेको बृत्तमा चर्चा चलेअनुसार भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्लीमा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आवश्यक समन्वय गरिरहनु भएको सूत्रहरुको दाबि छ ।

यसैबीच आगामी जुन ३० देखि जुलाई तीन (असार १६–१९)सम्म प्रधानमन्त्री ओली स्पेनको सेभिलमा हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुनुहुने भएको छ । सो उच्चस्तरीय सम्मेलनले विश्वभरका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई दिगो विकासका लागि वित्तीय सहकार्यबारे छलफलगर्न एक ठाउँमा ल्याउने ठानिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणको व्यवस्था मिलाइदिन पनि स्पेन सरकारलाई अग्रह गरेको छ ।

प्रधानमन्त्री ओली आगामी २०–२३ साउन (५–८ अगष्ट) मा तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेश्रो सम्मेलनमा समेत सहभागी हुनुहुने कार्यक्रम छ । तुर्कमेनिस्तान पनि भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्रसंघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकतादिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो