प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी ओलीले आगामी साउनको दोश्रो सात भारत भ्रमण गर्नुहुने भएको छ । सरकारले हालैबाट उक्त भ्रमणको तयारी थालेको एमाले बृत्तमा चर्चाको बिषय भएको छ । उहाँको विदेश भ्रमणको क्रमभने आगामी असार १६ बाटै चरणबद्ध रुपमा शुरुहुने भएको छ । युरोपेली मुलुक स्पेन र भारतको भ्रमणसँगै मध्य–एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणको तयारी पनि थालेको छ ।

नयाँ दिल्लीबाट भारत भ्रमणको सन्दर्भमा सकारात्मक संकेत आएकाले सोहीअनुसार तयारी थालिएको हो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी थालेकाले उक्त भ्रमण पनि सुनिश्चित रहेको जानकारहरुको भनाई छ ।

नेपालको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुलेसमेत भ्रमणका विषयमा भारतीय अधिकारीहरुसँग छलफल थालेको पाइएको छ ।  एमालेको बृत्तमा चर्चा चलेअनुसार भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिल्लीमा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा आवश्यक समन्वय गरिरहनु भएको सूत्रहरुको दाबि छ ।

यसैबीच आगामी जुन ३० देखि जुलाई तीन (असार १६–१९)सम्म प्रधानमन्त्री ओली स्पेनको सेभिलमा हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुनुहुने भएको छ । सो उच्चस्तरीय सम्मेलनले विश्वभरका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई दिगो विकासका लागि वित्तीय सहकार्यबारे छलफलगर्न एक ठाउँमा ल्याउने ठानिएको छ । नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको द्विपक्षीय भ्रमणको व्यवस्था मिलाइदिन पनि स्पेन सरकारलाई अग्रह गरेको छ ।

प्रधानमन्त्री ओली आगामी २०–२३ साउन (५–८ अगष्ट) मा तुर्कमेनिस्तानमा भूपरिवेष्ठित विकासशील राष्ट्रको तेश्रो सम्मेलनमा समेत सहभागी हुनुहुने कार्यक्रम छ । तुर्कमेनिस्तान पनि भूपरिवेष्ठित र विकासशील मुलुक भएकाले संयुक्त राष्ट्रसंघको छातामुनि हुने यस्ता सम्मेलनलाई नेपालले प्राथमिकतादिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...