अखिल अध्यक्षमा कडरिया र पौडेलको उम्मेदवारी



हाम्रो इकोनोमि

 

 

 अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास विफल भएपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेर सम्म उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ ।

महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् । रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।

अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौँमा जारी छ । पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो ।

चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको हो । कार्य तालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख थियो । मतदान बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । अन्तिम नामावली भने आउन बाँकी छ । मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...