भारतमा माओवादीद्वारा वरिष्ठ प्रहरी अधिकारीको हत्या



हाम्रो इकोनोमि

 

 

आफ्ना सर्वोच्च कमान्डरसहित सयौं कमरेड मारिएको घटनाको बदला लिने क्रममा भारतको सशस्त्र माओवादी विद्रोहीले प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को हत्या गरेको छ । छत्तीसगढको सुक जिल्लामा सोमबार बिहान भएको एक बम विस्फोटनमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधिक्षक एसएसपी प्रकाश राव गिरिपुन्जेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मओवादीका सर्वोच्च नेता नाम्बाला केशवराव उर्फ बसवराजसहित ४०० माओवादीको हत्याको विरुद्ध सो पार्टीले भारत बन्द आह्वान गरेको छ । सुरक्षा मजबुत बनाउने क्रममा पैदल गस्तीमा निस्किएका प्रहरी अधिकारी बम विस्फोटनमा परेको उपमुख्यमन्त्री जिय शर्माले बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ भित्र भारतमा माओवादीलाई सखाप पार्ने र सन् २०२९ सम्म कम्युनिस्ट मुक्त भारत बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...