७० वर्षे उमेरहद फेल खाइसक्यो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको टिप्पणी गरेका छन् । अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन  ? ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भनेका छन् । उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको उनको भनाइ थियो ।

‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो  ओलीले भने सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ । त्यस्तै, उनले उमेरका कारणले नभइ अन्य धेरै फ्याक्टर र आवश्यकताहरू हुने उनले बताए । उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको जिकिर गरे ।

‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन  ओलीले भने माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...