८४ मा एमालेले एक्लै बहुमत ल्याउछ : ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमुर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो प्रधानमन्त्री ओलीले भने राष्ट्रिय शक्ति छँदैछ । यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी हामी अघि बढेका छौं । उनले अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र तयसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं । र हामी सरकारमा सामेल रहन्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले हिजो दुनियाँमै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको बेलामा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलन रक्षा गरेको बताए ।

‘हिजो दुनियाँमा कम्युनिस्ट र समाजवादी आन्दोलन नै धरापमा परेको बेलामा जबजले आन्दोलनले रक्षा गरेको थियो प्रधानमन्त्री ओलीले भने त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा हामीसँग आएको थियो । अहिले पनि विपक्षीदले अनेक जालझेल गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एकता, फेरि एकता र सुदृढ एकता आफूहरूको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...