सूर्यविनायक एमालेका मेयर थापाको पद निलम्बन नहुने



हाम्रो इकोनोमि

 

 

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिका एमालेका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ । अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भइसकेको छ ।

मेयर थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । त्यसैको आधारमा उनलाई अख्तियारले प्रतिवादी बनाएको हो । त्यही जग्गा जफतको प्रयोजनको लागि मात्रै उनीलाई प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले बताए । यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पनि जग्गा जफतमात्र भएको थियो ।

प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको भन्ने गत कात्तिकमा अख्तियारमा बयान दिएका थिए । बयानमा उनले आफूलाई उक्त जग्गा पतञ्जलीको जग्गा भएको जानकारी नभएकाले डिल्लीध्वज बराइलीसँग किनेको बताएका थिए । साथै आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्‍याई खरिद गरेको बयान दिएका थिए । जग्गा जफत प्रयोजनका लागि प्रमुख थापासहित २८ जना र २ कम्पनीलाई प्रतिवादी बनाएको छ । बाँकी ६३ जनालाई भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...