झापाको चियाबगानमा १२ दिनदेखि पूर्वराजारानीको बास



हाम्रो इकोनोमि

 

राजसंस्था पुनर्स्थापनाका लागि गत जेठ १५ गतेदेखि काठमाडौंमा राजावादी गठबन्धनले आन्दोलन गरिरहेको छ । दिनहुँ धर्ना–जुलुसहरू भइराखेका छन् । तर सरकार र गणतन्त्रवादी दलहरूले कुनै टेरपुच्छर लगाएका छैनन् ।

काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू आन्दोलन छल्दै झापामा सुस्ताइरहेका छन् । आन्दोलन सुरु हुनुभन्दा ४ दिन अघिबाट उनीहरू झापा आएका हुन् । पूर्वराजारानीसँग भतिजी शिताष्मा पनि छिन् । झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरूको बास छ । उनीहरू दुई साताका लागि दमक आएको श्रोतले बतायो । हिमालय महालक्ष्मी चिया बगान पूर्व राजा ज्ञानेन्द्रको आफ्नै चिया बगान हो । पूर्व–पश्चिम सडक खण्डसँगै दमक बजारको पश्चिमी क्षेत्रमा पर्ने चिया बगानमा उनी बेला–बेला आएर बस्ने गरेका छन् ।

खासगरी जाडोको समयमा र चिया टिप्ने समयमा उनी नियमित रूपमा यहाँ बस्ने गर्छन् । अहिले पनि चिया टिप्ने समय हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...