विश्व वातावरण दिवसमा विष्णूमती लिंक रोड आसपास क्षेत्रमा वृक्षारोपण गरिने



हाम्रो इकोनोमि

 

 

हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसर पारेर विष्णूमती लिंक रोड आसपास क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम हुने भएको छ । सुन्दर हरियाली सहरको परिकल्पनाका साथ यहि जेठ २२ गते बिहान वृक्षारोपण गर्न लागिएको हो । नेपाल ग्रिस मैत्री तथा सांस्कृतिक संघ, काठमाडौँ महानगरपालिका वडा नम्बर १९ र जिल्ला होटल व्यवसायी संघ काठमाडौँको आयोजनामा गरिने वृक्षारोपण कार्यक्रममा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह सहभागी हुनेछन् ।

कार्यक्रममा नेपाल खड्की सेवा समितिको मौलिक बाजागाजासहित सहभागिता रहने आयोजकसमेत रहेको जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले जानकारी दिए । बढ्दो जलवायु परिवर्तन र यसको न्यूनीकरणका लागि टेवा दिने उद्देश्यले समाजमा जागरण ल्याउन सो दिन वृक्षारोपणमार्फत सन्देश दिन खोजेको हुँदा सहभागी हुन आयोजक संस्थाहरुले आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...