गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : कांग्रेस



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने कुरा दोहोर्‍याएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन । आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ । उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त भएन । हिजो रवि लामिछानेको विषयमा प्रमाणसहित आउँदा पनि हामीले राजीनामाको सट्टा छानबिन समिति माग गरेका हौँ । सीधा आरोप थियो । प्रवक्ता महतले अख्तियार संवैधानिक निकाय भएकाले हस्तक्षेप गर्न नसक्ने हुँदा राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...