राजावादीहरूले आज माइतीघरमा प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

राजावादी घटकहरूको मोर्चाले हिजोबाट सुरू गरेको  संयुक्त जनआन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । आजको प्रदर्शन भने माइतीघर-बिजुलीबजारमा केन्द्रित गर्ने तयारी मोर्चाले गरेको छ ।राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापना तथा संघीयता खारेजीको एजेन्डासहित संयुक्त जनआन्दोलन समितिको संयोजना र राप्रपाको अगुवाइमा अनिश्चितकालीन आन्दोलन सुरू भएको हो । माग पूरा नभएसम्म सडकबाट नहट्ने राजावादी घटकहरुले बताएका छन् । हिजो पहिलो दिनको आन्दोलन शान्तिपूर्ण रहेको थियो । आज माइतीघरको आन्दोलनलाई पनि शान्तिपूर्ण नै बनाइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । हिजोको आन्दोलन सफल र प्रभावकारी बनेकाले कार्यकर्ताहरूको मनोबल उच्च बनेको उनको भनाइ छ ।

श्रेष्ठले भने  हामी एउटा जिम्मेवार राजनीतिक दल हौं । हिंसा भड्काउने हाम्रो योजना छैन । तर, यदि गणतन्त्रवादी दलहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको खण्डमा आन्दोलन चर्केर जान सक्छ । हिजोको आन्दोलने राजसंस्थावादीहरूको नैतिक जित भएको ठहर पनि श्रेष्ठले गरेका छन् । उनी भन्छन्, हिजो गणतन्त्रको उत्सव मनाउनका लागि सत्तारुढ प्रमुख दलले नै आग्रह गरेको थियो । तर, गणतन्त्रको उत्सव मनाउने भन्दा यसको विरोधमा उत्रिनेहरू कयौं गुणा बढी देखिए । यो हाम्रो नैतिक जित हो  ।

पहिलो दिनको आन्दोलनबारे  यस्तो छ संश्लेषण

– गणतन्त्र दिवसकै दिन राजसंस्था पुन:स्थापनाको आन्दोलन चर्काइयो नारा घन्काइयो, यो ऐतिहासिक उपलब्धी हो

– गणतन्त्र रक्षाका लागि भनेर गरिएको प्रदर्शन फितलो भयो, जनता परिवर्तनको पक्षमा छन् भन्ने सन्देश गएको छ

– गणतन्त्र रक्षात्मक बन्यो, परिवर्तनकारीहरू उत्साहित देखिए, जनताले सत्ता गठवन्धनभन्दा राजसंस्थावादीलाई उत्साहपूर्ण नजरले हेरे

–राजावादीहरूलाई रिंगरोडबाहिरै रोक्नु भनेर प्रधानमन्त्री आफैँले हुंकार गरेका थिए, रत्नपार्कमै भेला भएर गतिलो जवाफ दिइयो

–आफैँले आह्वान गरेको कार्यक्रममा भिड नदेखेपछि प्रधानमन्त्री ओली आफैँ उपस्थित हुन सकेनन्, जनता हाम्रो साथमा छन् भन्ने उनको परिकल्पनाले हावा खायो

– हिजोको उत्साहजनक उपस्थितिबाट परिवर्तन सम्भव छ भन्ने सन्देश गएको छ, राजावादीले नविन समझदारीमा पुर्‍याएरै छोड्छन् भन्नेमा जनमानस विश्वस्त बनेका छन्

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...