बुढानिलकण्ठ नगर प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त भएका छन् । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी निरीक्षक पदमा नियुक्त भएका देउजालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

नगरको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थितिमा निरीक्षक देउजालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी प्रमुख पदमा नियुक्त गरिएको हो । नेपाल प्रहरीबाट सेवामा प्रवेस गरेका बुढानिलकण्ठ -११ कपन निवासी देउजा सशत्र प्रहरी बलको निरीक्षक पदबाट सेवा निवृत भएका थिए ।

नगर प्रहरी निरीक्षक देउजाले आगामी दिनमा नगर भित्र हुने विभिन्न किसिमका सुरक्षा तथा अन्य गतिविधिमा सकृय ढंगले टोली परिचालन गर्ने बताए । विगतमा विभिन्न जिल्लाका बिपद् ब्यवस्थापन तथा अन्य जोखिमपूर्ण जिम्मेवारी सफल रुपमा निर्वाह गर्दै आएका देउजाले नगरको नेतृत्व सफल रुपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...