एमाले नेता लालबाबु पण्डितलाई पत्नीशोक



हाम्रो इकोनोमि

 

 

एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती निधन भएको हो । पण्डितले सामाजिक सञ्जालमा लेख्दै जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको लेखेका छन् । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित थिइन् । लालबाबु पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो । लालबाबु र विमलाका बिचमा विवाह हुँदा विमला ललितपुरको सैँवु गाविस वडा नम्बर ४ को वडाध्यक्ष थिइन् ।

लालबाबु भने पूर्णकालिन राजनीतिमा थिए । उनीहरूको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको हो । यो रोगले मांसपेशीलाई कमजोर बनाउने, मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, रोगले च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या गराएको थियो ।श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा एकदमै कम उपस्थित हुने गरेका थिए । उनी श्रीमती स्याहारेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...