गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा पार्टीका नेता डा। शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारीमा तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न आग्रह गरेको नेता शशांक कोइरालाले बताए। यो प्रस्ताव राख्दा सभापति देउवाले हुन्छ हुन्न केही जवाफ नदिएको बताए ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागेकोबारे उनले भने, ‘हामी सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो रु भन्ने यसको त समाधान निकाल्नुपर्‍यो नि । एक आपसमा मूडभेड  गरेर कसको फाइदा हुन्छ पार्टीमा , त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ ।

पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन् । भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए । तर, आज पार्टी पदाधिकारीको बैठक अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...