गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी



 

 

सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा पार्टीका नेता डा। शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारीमा तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न आग्रह गरेको नेता शशांक कोइरालाले बताए। यो प्रस्ताव राख्दा सभापति देउवाले हुन्छ हुन्न केही जवाफ नदिएको बताए ।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागेकोबारे उनले भने, ‘हामी सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो रु भन्ने यसको त समाधान निकाल्नुपर्‍यो नि । एक आपसमा मूडभेड  गरेर कसको फाइदा हुन्छ पार्टीमा , त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ ।

पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन् । भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए । तर, आज पार्टी पदाधिकारीको बैठक अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो