अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक



हाम्रो इकोनोमि

 

 

अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गरेकी छन् । उनले सरकारको यो निर्णय अमेरिकाका अरु विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गरेकी छन् ।

‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्वप्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित १४० भन्दा धेरै देशका नागरिकहरुले अध्ययन गर्दै आएका छन् । तर अमेरिकी सरकारले त्यो अनुमति खारेज गरिदिएकाले अब भर्ना भइसकेका विदेशी विद्यार्थीहरु अन्य विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने क्रिस्टी नोमको भनाइ छ ।

ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले यहुदी विरोधी भावना फैलाउन मद्दत गरेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको लगायतको आरोप लगाउँदै आएको छ । तर हार्वर्डले विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै विदेशी विद्यार्थी पढाउन अनुमति नदिने सरकारको निर्णयले अमेरिकालाई नै हानि हुने चेतावनी दिएको छ ।

हार्वर्डमा विदेशी विद्यार्थीहरुलाई पढ्न नदिने ट्रम्प प्रशासनको निर्णयले हजारौं प्रभावित हुने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार गत शैक्षिक सत्र हार्वर्डमा ६ हजार ७०० विदेशी विद्यार्थी भर्ना भएका थिए । यो हार्वर्ड विश्वविद्यालयको कूल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।

ट्रम्प राष्ट्रपतिको रुपमा दोस्रोपटक ह्वाइटहाउस प्रवेश गरेलगत्तै सरकारी खर्च कटौतीको अभियान सुरु गरेका थिए । खर्च कटौतीको नाममा अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएको ट्रम्प प्रशासनको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको थियो ।

ट्रम्प प्रशासनले नीति सुधारका लागि भन्दै हार्वर्डलाई एक सूची पठाएको थियो । सूचीमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनका विषयहरु समावेश थिए । तर हार्वर्डले त्यसलाई अस्वीकार गरेको भन्दै ह्वाइटहाउसले दुई अर्ब डलर बराबरको कोष नै रोक्का गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...