कार्यालयको काम नै छाडेर नेताको घरदैलो गर्दै सचिवहरु



 

 

निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुले  सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग भेट गर्नुभएको छ ।

मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटनुभएको हो । सचिवहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका छन ।

उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् । सचिवहरु पदमा बहहाल रहँदै अर्काे नियुक्ति लिएर राज्यकोषमा लगातार दोहन गर्न पाउनुपर्ने अडानमा रहेका छन ।

पदमा छँदै अर्काे नियुक्ति लिएर राज्यकोष दोहन गर्न पाउनुपर्छ भन्दै मुख्यसचिव र सचिवहरुले दौडधुप तीब्र पारेका छन । सचिवहरु यतिबेला ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनु पर्ने भन्दै कार्यालयको काम नै छाडेर नेताको घरदैलो गरिरहेका हुन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो