एमाले धनुषामा रघुवीर महासेठको प्यानलै विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । उनी पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् । महासेठ समूहले बनाएको प्यानलै विजयी भएको छ । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए ।

पार्टीको उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाएका हुन् । यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे । उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए ।

यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिन विक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन् । पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन् । पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो । ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए । सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ ।

उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबीच कुटाकुट भएको थियो । कुटाकुटका कारण सो दिन स्थगित भएको मतदान बिहीबार कडा सुरक्षा घेरामा गराइयो ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...