राजावादीसँग हामी डराएका छैनौ, सरकार टुलुटुलु हेरेर बस्दैन : मन्त्री गुरुङ



 

 

सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् । उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए ।

‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन मन्त्री गुरुङले भने ‘हामी डराएर गरेका हैनौं । त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।

तर, संविधानका विरुद्धमा सधैं यस्ता क्रियाकलाप भइरहने हो भने सरकारले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ थियो । सधैं संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैं टुलुटुलु हेरेर बस्दैन । तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ उनले भने । संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट भएपनि अहिले त्यो नगरेको उनले बताए । आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौं । त्यो गर्ने छुट पनि छ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो