भारत लैजाँदै गरिएका १९ बालकको उद्धार



हाम्रो इकोनोमि

 

 

 रुपन्देहीको सीमा क्षेत्रबाट भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा लैजाँदै गरिएका १९ जना नेपाली बालकको उद्धार गरिएको छ । जहाँ दलाई लामाले चलाएको ठूलो गुम्बा रहेको छ । स्रोतका अनुसार यी बालबालिका पनि त्यही लैजाने सामान्य कागजपत्र भेटिएको हो ।

यो घटनाको आन्तरिक विषय त प्रहरीको अनुसन्धानमै छ तर यसअघि यसरी नै मानव बेचबिखन भएको, बाल अधिकार, धार्मिक आडमा भइरहेका शोषण, सीमा सुरक्षाको कमजोरी र राज्य संयन्त्रको अनुगमन विफलताको प्रमाण भएकाले पक्राउ गरी अनुसन्धान थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउँछन् । ‘विषय अलिक गम्भीरजस्तै लायो, उनीहरूले गुम्बामा लैजाने सामान्य कागज बनाए पनि अरू प्रक्रिया केही पुगेको छैन, यसैको अनुसन्धानमा प्रहरी खटिएकोछ उनले भने ।

घटना विवरणअनुसार नेपाल-भारत दशगजा क्षेत्रमा रहेको भैरहवा नाकाबाट १९ जना बालक बसमा चढाइ भारततर्फ लैजाँदै गरिएको अवस्थामा ‘किन इन्डिया’ नामक भारतीय संस्था र एसएसबी (भारतको सशस्त्र सीमा बल) को पहलमा उनीहरूलाई रोकिएको हो ।  सीमा क्षेत्रमा भारतीय  युप क्षेत्रको टुरिस्ट बस रिजर्व गरेर उनीहरूलाई लगिएको थियो । 

सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाका उनीहरूको उमेर १० देखि १६ वर्षबीचको छ। अभिभावक बिना, न त कानुनी अनुमति, न त सरकारी सिफारिस पत्र-कसैले पनि प्रक्रिया पूरा नगरी उनीहरूलाई धार्मिक शिक्षाको नाममा भारततर्फ लैजाँदै गरिएको थियो। उद्धारपछि बालकहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ र अभिभावकको खोजी गरी घर फर्काउने तयारी भइरहेको सूचना अधिकारी डिएसपी सुरज कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...