५ सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ : पूर्वअर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण राजनीति भन्दा अरू कसैले गर्न नसक्ने बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्ने पोसिली नै सरकारले बनाउने बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘मैले धेरै ठाउँमा भनेको छु भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। पाँच सय र हजारको नोट बन्द गरिदिऔँ । नछापौँ, नागरिकलाई अहिले नै आतंकित नपारौँ, ०८५ पछि पाँच सय र हजारको नोट चल्दैन भनेर भनिदिऔँ । त्यसपछि सरकारले सय रुपैयाँ मात्रै नोट छाप्छ, कसैले एक करोड घुस खानुपर्‍यो भनेपनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो । यो सम्भव हुँदैन । उनले जग्गा बाँझो राख्न नपाइने र राख्नुपर्‍यो भनेपनि एउटा नोटिस जारी गर्नुपर्ने सिस्टममा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...