एमालेसँग एकता सम्भव छैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सुझाव र आलोचना गम्भीररूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानका क्रममा जाजरकोटमा दाहालले कम्युनिष्ट एकताको सन्दर्भ उठेको भन्दै अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए । उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ । तर, त्यो एकता किन टुट्यो ? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन । हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।

संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । संविधान कार्यान्वयनका लागि कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकमा पनि प्रचण्डको जोड छ । यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको उनको भनाइ छ ।

कार्यक्रममा वक्ता र स्थानीयले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेको, तर नलगाड जलविद्युत् आयोजना अघि नबढेको भन्दै प्राथमिकतामा राख्नुपर्ने माग राखेका थिए । जवाफमा प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्वपूर्ण छन् ।

हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ । आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरू गरेको सम्झिँदै उनले त्योअनुसार काम हुन नसक्नु दुःखद भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...