रुस र युक्रेनबीचको युद्ध अन्त्य हुने ट्रम्पको घोषणा



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने घोषणा गरेका छन् । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले पुटिनसँगको वार्ता सौहार्दपूर्ण र सकारात्मक भएको भन्दै युद्ध अन्त्यका लागि सरोकारवाला दुई पक्षकै वार्ता आवश्यक रहेकोमा जोड दिएका छन् ।

ट्रम्पसँगको कुराकानीमा पुटिनले भविष्यमा शान्ति स्थापना गर्नका लागि युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन् । पुटिनले वार्ताको लागि तयार भएको बताए पनि युरोपेली देश र अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्तावका बारे भने केही बोल्न चाहेनन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेको अवस्थामा सबै कुराको टुङ्गो नलगाई अमेरिका पछि हट्न नहुने कुरामा जोड दिएका छन् ।

ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक भएको बताए पनि नयाँ खाका तथा युक्रेन रुस वार्ताको बारे भने केही भनेका छैनन्। जेलेन्स्कीले भने बारम्बार स्थायी शान्तिको प्रस्ताव राखेका छन् । रुसले यसलाई अटेर गरेमा कडा प्रतिबन्धको सामना गर्नुपर्ने कुरामा समेत जेलेन्स्कीले जोड दिएका छन् ।

पुटिनसँग फोन वार्ता हुनु अघि ट्रम्पले जेलेन्स्कीसँग कुरा गर्दा युक्रेनको बारे कुनै निर्णय गर्नु सल्लाह गरेर गर्नुपर्ने बताएका थिए । जेलेन्स्कीले वार्तामा भएको सबै कुरा प्रस्तावको रूपमा आएपछि धारणा बनाउने बताए । ट्रम्पले सामाजिक सञ्जालमा शान्तिको सम्भावना व्यक्त गर्दै निर्णायक वार्तामा अमेरिका र केही युरोपेली देश रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...