अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य



हाम्रो इकोनोमि

 

 

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् । हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको ।

बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।

शाक्यले भने, ‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ । करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो । मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन । विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको उनले सुनाए ।

बेलुका ८-८ मा ढल्केवर मुजफरपुर ४०० केभी लाइनको समस्या समाधान भइ उक्त लाइनको सर्किट-२ सञ्चालनमा आएपछि आपूर्ति सहज हुँदै आएको उनले बताए । तर, ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनमा रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुगेकाले सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्‍याउन नसकिएको शाक्यले बताए । आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन, मध्यम र दीर्घकालीन योजना बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...