अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य



 

 

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् । हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको ।

बेलुकाको समयमा बिजुलीको अत्यधिक माग रहेको तर त्यसको तुलनामा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई लाइन ट्रिपिङ्ग भइरहँदा विद्युत् प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको भनाइ छ ।

शाक्यले भने, ‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको रहेछ । करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो । मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन । विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको उनले सुनाए ।

बेलुका ८-८ मा ढल्केवर मुजफरपुर ४०० केभी लाइनको समस्या समाधान भइ उक्त लाइनको सर्किट-२ सञ्चालनमा आएपछि आपूर्ति सहज हुँदै आएको उनले बताए । तर, ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनमा रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुगेकाले सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्‍याउन नसकिएको शाक्यले बताए । आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन, मध्यम र दीर्घकालीन योजना बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो