सतुङ्गलको कपडा गोदाममा आगलागी



हाम्रो इकोनोमि

 

 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलस्थित आर.आर. कम्प्लेक्समा रहेको कपडाको गोदाममा आज विहान एक्कासी आगलागी भएको छ । विहान ५ः२० बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी र डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, मातातिर्थ प्रहरी चौकी लगायत विभिन्न निकायबाट करिब ३० जना सुरक्षाकर्मी परिचालित भएका थिए ।

आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो । साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको सक्रियतामा आगो बिहान ७:३० बजेसम्ममा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने वित्तीय क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागी विद्युत सर्ट भएर भएको हुनसक्ने बताइएको छ, तर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...