सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त



हाम्रो इकोनोमि

 

 

सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५र५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् । बेपत्ता नागरिक छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्तौलालाई नियुक्त गरिएको छ । उनीहरू तलबभत्ता सुविधा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सरह हुने गुरुङले जानकारी गराए ।

 

मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारी निम्नानुसार छन्-

सत्य निरुपण तथा मेलमिलाप आयोग

अध्यक्ष महेश थापा- संखुवासभा

सदस्यहरू

अच्युतप्रसाद भण्डारी, जाजरकोट

डा. टीकाप्रसाद ढकाल, पाँचथर

पदमबहादुर शाही, जुम्ला

कुमारी कौशल्य ओझा, कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

अध्यक्ष लीलादेवी गड्तौला, तेह्रथुम

सदस्यहरू

गोपालनाथ योगी, सल्यान

अग्नीप्रसाद थपलिया, झापा

सृजना पोखरेल, काठमाडौं

विनिता नेपाली, कास्की

 

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...