सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त



हाम्रो इकोनोमि

 

 

सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५र५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् । बेपत्ता नागरिक छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्तौलालाई नियुक्त गरिएको छ । उनीहरू तलबभत्ता सुविधा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सरह हुने गुरुङले जानकारी गराए ।

 

मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारी निम्नानुसार छन्-

सत्य निरुपण तथा मेलमिलाप आयोग

अध्यक्ष महेश थापा- संखुवासभा

सदस्यहरू

अच्युतप्रसाद भण्डारी, जाजरकोट

डा. टीकाप्रसाद ढकाल, पाँचथर

पदमबहादुर शाही, जुम्ला

कुमारी कौशल्य ओझा, कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

अध्यक्ष लीलादेवी गड्तौला, तेह्रथुम

सदस्यहरू

गोपालनाथ योगी, सल्यान

अग्नीप्रसाद थपलिया, झापा

सृजना पोखरेल, काठमाडौं

विनिता नेपाली, कास्की

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...