राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस



 

 

वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ । यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ । बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो । बुधबारसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ । यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । मंगलबार वित्तीय प्रणालीको कुल तरलता ७९ अर्ब छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत र माथिल्लो सीमा स्थायी तरलता सुविधा ६.५ प्रतिशत कायम गरेको छ । केन्दीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता हुँदा स्थायी निक्षेप मार्फत पैसा खिच्छ । त्यसैगरी न्यून तरलता हुँदा स्थायी तरलता सुविधा मार्फत पैसा बैंक वित्तीय संस्थालाई दिन्छ । केन्द्रीय बैंकले तरलता पठाउने र खिच्ने गरेर अन्तर बैंक ब्याजदरलाई अस्वभाविक घटबढ हुन दिँदैन । त्यसैगरी अन्तर बैंक दरलाई अस्वभाविक बढ्न नदिनका लागि केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दिन्छ

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो