राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस



हाम्रो इकोनोमि

 

 

वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ । यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको निक्षेप संकलन आह्वान गरेको छ । एक सातामा ७५ अर्बको निक्षेप संकलन आह्वान गर्दा पनि अन्तर बैंक दर भने ब्याजदर करिडोरको तल्लो सीमाको दर भन्दा तल छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा अन्तर बैंक दर घट्छ । पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । बैंक तथा वित्तीय संस्थाले घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढाउन नसक्दा प्रणालीमा अधिक तरलताको समस्या कायम छ । बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह भन्दा पनि पुराना कर्जा असुलीमा व्यस्त भएसँगै वित्तीय प्रणालीको निक्षेप केन्द्रीय बैंकमा थुप्रिएको हो । बुधबारसम्ममा वित्तीय प्रणालीको ३ खर्ब ३५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा छ । यो पैसा स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकले खिचेको हो । मंगलबार वित्तीय प्रणालीको कुल तरलता ७९ अर्ब छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर ३ प्रतिशत र माथिल्लो सीमा स्थायी तरलता सुविधा ६.५ प्रतिशत कायम गरेको छ । केन्दीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता हुँदा स्थायी निक्षेप मार्फत पैसा खिच्छ । त्यसैगरी न्यून तरलता हुँदा स्थायी तरलता सुविधा मार्फत पैसा बैंक वित्तीय संस्थालाई दिन्छ । केन्द्रीय बैंकले तरलता पठाउने र खिच्ने गरेर अन्तर बैंक ब्याजदरलाई अस्वभाविक घटबढ हुन दिँदैन । त्यसैगरी अन्तर बैंक दरलाई अस्वभाविक बढ्न नदिनका लागि केन्द्रीय बैंकले स्थायी तरलता सुविधा दिन्छ

प्रतिक्रिया दिनुहोस
नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...