सक्रियता बढाउन एमालेका जनसंगठनलाई ओलीको निर्देशन



 

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् । समय सापेक्ष रूपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनको धारणा छ । गत फागुन देखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीहरूलाई संयुक्त रूपमा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठन भित्र गुटबन्दी र बेठिक प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताएका छन् । प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार पार्टीका विरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताएका छन् ।

एमाले र नेतृत्वका विरुद्ध सञ्चालित सम्पूर्ण अफवाहलाई आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले बताए । ‘५५ वर्ष अघि विभिन्न विचार समूहलाई एकगठ बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ । जनसंगठन सक्रिय रूपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कुनै बेला जनसंगठनहरुलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्रै संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले एमालेका कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले जनसंगठनहरु प्रायोजित हैन,प्रयोजन सहितका बनाउन निर्देशन दिएका हुन् । ‘तपाईँहरू बिचारमा प्रतिबद्ध र अनुशासनमा कठोर बन्नुहोस्’ प्रधानमन्त्री ओलीले भने ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुहोस् । यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन । तपाईँहरूले साथी बनाउने,साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैलाएका भ्रम चिर्न पनि जनसंगठनलाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । ‘सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठुलो पङ्क्ति एक पटक सक्रिय हुने हो भने विरोधीहरू आफैँ हराउँछन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो