सक्रियता बढाउन एमालेका जनसंगठनलाई ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् । समय सापेक्ष रूपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनको धारणा छ । गत फागुन देखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीहरूलाई संयुक्त रूपमा बधाई दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठन भित्र गुटबन्दी र बेठिक प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताएका छन् । प्रतिकुल अवस्थामा एमालेले सरकारको नेतृत्व गर्नु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले चारैतिरबाट सरकार पार्टीका विरुद्ध भइरहेका हमलाको प्रतिवाद गर्न जनसंगठन क्रियाशील हुनुपर्ने बताएका छन् ।

एमाले र नेतृत्वका विरुद्ध सञ्चालित सम्पूर्ण अफवाहलाई आफ्नो लोकतन्त्रप्रतिको निष्ठाले नै जवाफ दिइरहेको प्रधानमन्त्री ओलीले बताए । ‘५५ वर्ष अघि विभिन्न विचार समूहलाई एकगठ बनाएर एमालेको जग बसाइएको हो । अहिले एमाले फैलिएर जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको छ ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न नगरे हुन्छ । जनसंगठन सक्रिय रूपमा लागेमा देश एमालेमय हुन धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कुनै बेला जनसंगठनहरुलाई पिरामिड आकारमा बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्रै संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनसंगठन अहिले एमालेका कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले जनसंगठनहरु प्रायोजित हैन,प्रयोजन सहितका बनाउन निर्देशन दिएका हुन् । ‘तपाईँहरू बिचारमा प्रतिबद्ध र अनुशासनमा कठोर बन्नुहोस्’ प्रधानमन्त्री ओलीले भने ‘कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो बचन बोल्ने काम नगर्नुहोस् । यस्तो व्यवहारबाट संगठनप्रति नयाँ मानिसको आकर्षण बढ्दैन । तपाईँहरूले साथी बनाउने,साथी बढाउने र साथी कायम राख्ने काम गर्नुहोस् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पिपिरीका बाजा बजाउनेले फैलाएका भ्रम चिर्न पनि जनसंगठनलाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । ‘सामाजिक सञ्जालमा ताल र सुरु बिनाका पिपिरी बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘जनसंगठनको यति ठुलो पङ्क्ति एक पटक सक्रिय हुने हो भने विरोधीहरू आफैँ हराउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले : विगतका गल्तीमा आममाफी, अब आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...