पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन



हाम्रो इकोनोमि

 

 

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अवरुद्ध भएको छ । गएराती ९ बजेको समयमा ओभरलोड ट्रक बिच पुलमा पुग्दा पूर्वतर्फको भागमा भासिएपछि अवरुद्ध भएको हो । अहिले लामा तथा छोटा दुरीका सवारी साधनहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन् ।

पुल भासिएर मुख्य मार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गमा साना गाडीहरू वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ ।  पुल धेरै पुरानो र जीर्ण अवस्थामा रहेको र अहिले ओभरलोडले भासिएपछि नजिकैको खोला छेउबाट डाइभर्सन गरिएको छ तर  सानो पानी आए पनि चल्न नसक्ने अवस्थामा छ । चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा मप्र०३-००१ क ३१६३ नं को १८ चक्के टेलर० किलिङ्गर बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भासिएपछि यातायात गएरातीबाट अवरुद्ध भएको थियो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार पुल भासिएपछि अवरुद्ध यातायात खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...