ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई



हाम्रो इकोनोमि

 

 

ऊर्जाबाट समृद्धिको कार्ययोजना ल्याएको भन्दै सांसद चौधरीद्वारा ऊर्जा मन्त्रीलाई बधाई काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले “ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको” बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको उल्लेख गर्दै सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राख्नुभयो। सरकारले सन् २०२५ देखि २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना ल्याई कार्यान्वयनमा ल्याइसकेको छ ।

सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गर्नुभयो। विद्युत् विकासको मार्गचित्र ऊर्जा मन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उहाँको भनाइ थियो । नेपालले आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

उद्योगी समेत रहनुभएका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा प्राधिकरणले हिउँदको समयमा आन्तरिक खपतका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्दैन। आगामी दुई वर्षसम्म बाह्य स्रोतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति रहेको छ भन्ने इमान्दार अभिव्यक्ति उहाँले दिनुभएको हो, वास्तविकता त्यही हो । चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाटका पीपीए भइसकेका आयोजनाहरूलाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...