माधव नेपालको मुटुमा समस्या, अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् । उनको मुटुमा समस्या आएको छ । त्यहाँ सीसीयूमा भर्ना भएका छन् । उपचार जारी छ ।नेकपा एसका नेता लक्ष्मण केसीका अनुसार नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा उनी विहीबार आफैँ अस्पताल गएका थिए । प्रत्येक महिनामा एक पटक नेपाल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुग्ने गरेका छन् ।

केसीका अनुसार, विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ । अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले नेपाललाई सीसीयूबाट नर्मल वार्डमा सारिएको बताए । नर्मल केस हो, अब २४ घण्टापछि डिस्चार्ज गरिन्छ’ उनले  भने ।

 

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...