गुट सक्रिय बनाउदै, नेता-कार्यकर्ता जुधाउदै



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले पर्वतमा नेताहरुको प्रतिशोध र निषेधपूर्ण राजनीतिक लडाइँले कार्यकर्ताहरु विभाजितमात्रै होइन, भौतिक आक्रमणमै उत्रिने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको प्रतिशोधपूर्ण राजनीतिक लडाइँले एमाले पर्वतका कार्यकर्ता नै विभाजित भएका हुन् । गण्डकीमा फस्टाएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बीचको लडाइँले पनि पर्वतको आन्तरिक विवादमा मलजल गरिरहेको छ ।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पृथ्वीसुब्बा गुरुङ एउटा कित्तामा छन् भने पूर्वमन्त्री पदम गिरी र खगराज अधिकारी समूह अर्को कित्तामा रहेर गतिविधि गरिरहेका छन् । यही गुटगत लडाइँका बीच युवा संघ पर्वतको अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादले उग्ररुप लिँदा बुधबार झडप भएको हो । झडपमा परी घाइते भएका एमाले गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल अस्पताल भर्ना भएका छन् ।

टाउकोमा चोट लागेर घाइते भएका पौडेललाई पर्वतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखराको फेवासिटी अस्पताल ल्याइएको छ । घाइते पौडेलले संगठनलाई कब्जा गर्न उद्दत समूहले हतियारसहित आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । यता एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरी आफू पनि घाइते भएको भन्दै अस्पताल गएका छन् ।

 

अधिवेशनमा जोडिएको स्वार्थ

घटनाबारे एमाले पर्वतका सचिव र गण्डकी प्रदेशका अध्यक्षकले निकालेको विज्ञप्ति ।  जेठ ९ देखि ११ गतेसम्म पोखरामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महाधिवेशन हुँदै छ ।  राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना तथा पृथ्वीसुब्बासँग निकट अर्जुन निर्जन पौडेलसहित युवा संघ जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीलगायत अधिवेशन नगर्ने पक्षमा छन् ।

गिरी–अधिकारी समूह र सिंगो जिल्ला पार्टी कमिटी भने जसरी पनि अधिवेशन गरेर आफूहरुले भनेका व्यक्तिहरुलाई ल्याउन चाहन्थे । युवा संघ गण्डकी इञ्चार्जसमेत रहेका प्रदेश सभाका पूर्वसदस्य राजीव पहारी पनि अधिवेशन गराएर आफू निकटकालाई महाधिवेशन प्रतिनिधि बनाउन चाहन्थे ।

यही रस्साकस्सीबीच विवाद बढ्दा बुधबार एमाले पार्टी कार्यालयमा झडप भएको हो । झडपमा एमाले प्रदेश सदस्य पौडेलको टाउको फुटेपछि नेताहरुले वक्तव्यबाजी गर्दै घटनाको दोष एकअर्कामाथि लगाएका छन् ।

एमाले प्रदेश अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै एमाले जिल्ला अध्यक्ष पहाडीलगायत नेतृत्वकै उपस्थितिमा भएको विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गर्नुको साटो भौतिक आक्रमणमा उत्रिएको भन्दै निन्दा गरेका छन् । उनले पौडेलको स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । समस्यालाई शान्तिपूर्ण र विधिसम्मत हल गर्न तथा अराजक गतिविधिलाई प्रोत्साहन नगर्न उनको माग छ ।

एमाले जिल्ला कमिटीले अर्को विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरीमाथि सांघातिक हमला भएको आरोप लगाउँदै निन्दा गरेको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलको नामबाट जारी विज्ञप्तिमा वैशाख २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र तत्काललाई अधिवेशन आयोजक कमिटी गठन गर्ने तय भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...