एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ । केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ । अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ । विवादका कारण मतदान प्रक्रिया अहिले रोकिएको छ । जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भ्रातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने भएपनि विधान विपरीत परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निर्वाचन समितिले अधिवेशन निष्पक्ष र शान्तिपूर्ण रूपमा गराउन नचाहेको उनले आरोप लगाए । उपसचिवमा उम्मेदवारी दिएका रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको मनोनयन पनि विधानविपरीत रहेको यादवको दाबी छ । निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन् । धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन् । रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ । आज बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिएको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेका लागि सारियो । तर, लफडाले मतदान अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...