सैनिक जवानले गरे श्रीमतीको हत्या



 

 

सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको हत्या भएको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

भेरीगंगाको झिगेनारा खोलामा पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान उनको शव फेला परेको थियो । मृत भेटिएकी ओलीको बेलुका मात्रै घटनास्थलमा पुगेका आफन्तले शव पहिचान गरेका थिए , रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन् ।

आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी (थाकल) टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको डिएसपी बुढथापा बताउँछन् । उनका अनुसार अनुसन्धानका लागि प्रहरीको केनाइन शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत ल्याइएको थियो । आइतबार बेलुका नै हत्या आशङ्कामा श्रीमान् दर्शन खत्रीलाई नियन्त्रणमा लिइएको डिएसपी बुढथापाले बताए । प्रारम्भिक अनुसन्धान पछि उनका श्रीमानले नै हत्या गरेको प्रहरीको आशङ्का थियो’, उनले भने, पछि केरकार गर्दा आफैंले हत्या गरेको बयान दिए । प्रहरीको टोली पक्राउ गर्न घरमै पुगेपछि निकै हतोत्साहित बनेका दर्शन सुरुमा इन्कारी बयान दिएको प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

 

यस्तो छ घटनाको नालीबेली

गुर्भाकोट नगरपालिका–५, का दर्शन र वडानम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । लगत्तै दर्शनले नेपाली सेनामा नाम निकाले । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत छन् । सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले । उक्त कुरा घरपरिवार हुँदै प्रेमाले माइतीसम्म पुर्‍याइन् ।

श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै प्रेमाले उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबीच बेलाबेला झैझगडा र कुटपिट हुने भइरहेको थियो । यो क्रम विगत पाँच वर्षदेखिकै चल्दै आएको थियो । प्रेमा छोरीसहित माइतीघर बस्दै आएकी थिइन् ।

दर्शन बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । श्रीमानले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरीको भनाइ छ । प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको माइतीलाई जानकारी गराएकी थिइन् ।

माइतीघरमा रहेकी प्रेमा श्रीमानलाई लिन भनेर छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबीच राम्रै कुरा भए पनि बिस्तारै झगडा हुन थाल्यो । ‘झगडा गर्दै उनीहरू अगाडि जङ्गलतिर पुग्छन्’ दर्शनको भनाइ उद्धृत गर्दै डीएसपी बुढथापा भन्छन्, त्यहाँ पुगेपछि एक अर्कोको मोबाइल हेर्न थाल्छन् ।

श्रीमान् लिन गएकी प्रेमाले ज्यानै दिनुपर्ला भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर, घटना नसोचेकै भयो । भेट भएको केही बेरमा खटपट भएका यस्ता कयौँ क्षण प्रेमाले पहिले पनि बेहोरेकी सकेकी थिइन् ।

झिंगेनारा जङ्गलमा शनिबार बेलुका ७ बजेसम्म उनीहरूबीच झगडा भइरह्यो । त्यसपछि दर्शनले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । ‘ढुङ्गाले टाउकोमा हानेपछि प्रेमा ढलिन् । त्यसपछि उनकै सलले घाँटीमा कस्छन्’, डिएसपी बुढथापा भन्छन्, ‘मृत्यु भएपछि पानीको खाल्डोमा फल्छन् ।

दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले नै शनिबारको घटना हुन पुगेको प्रहरीको ठहर छ । प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्छ भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्दा जङ्गल पुर्‍याएर हत्या जस्तो गम्भीर अपराध भएको देखिन्छ’ डिएसपी बुढथापा भन्छन् ।

दर्शन शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । प्रेमाको हत्या आफू एक्लैले गरेको र आशङ्का नै मुख्य कारण भएको बयान उनले प्रहरी समक्ष दिएका छन् । प्रेमासँग विवाह भएको सुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र बिस्तारै बढी शंका गर्दा पाँच वर्षदेखि सम्बन्धमा खटपट हुँदै आएको उनले बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ