एमाले धनुषा अधिवेशन, अध्यक्षमा २ यादवको भिडन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले धनुषाको ८औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ । एमाले ८औँ जिल्ला अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख २० मा गरेका थिए । बन्दसत्रको क्रममा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दा आधा दर्जन बढी अध्यक्षका आकांक्षी देखिएका थिए ।

तर निर्वाचनमा गएपछि  भोला यादव र लक्ष्मी नारायण यादवको मात्रै अध्यक्ष पदमा उम्मेदवारी परेको छ । स्रोतका अनुसार भोला एमाले सचिव रघुवीर महासेठ समूहबाट अध्यक्षमा भिडेका हुन् । धनुषामा पनि एमालेभित्र दुई समूह सक्रिय छन् । रघुवीर समूह पहिलेदेखि सक्रिय छन् भने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’सहितका नेताहरू पनि आफ्नो खेमा तयार पारेका छन् । दुवै समूहले प्यानल बनाएरै उम्मेदवारी दिएको छ ।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दीप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ । उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र शारदा घिसिङले उम्मेदवार बनेकी छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । जसमध्ये केहि पालिबाट सदस्य सर्वसम्मत चयन भएको र अधिकांश पालिकामा सदस्यका लागि समेत मतदान हुने बताइएको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा निर्वाचनको तयारी भइरहेको छ ।  अधिवेशन प्रतिनिधि अर्थात् मतदाता ६३५ जना छन् । उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...