महानगर प्रहरीको ‘गुण्डागर्दी’ विरुद्ध कवाड समाज



हाम्रो इकोनोमि

 

 

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग भेट गरेको छ । सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रशाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको उनीहरुको आरोप लगाउँदै त्यस्तो कार्य रोक्न उनीहरुले मन्त्री गुहारेका हुन् । काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको भन्दै उनीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका छन् । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका व्यवसायीहरुले उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...