दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाउने तयारी



हाम्रो इकोनोमि

 

 

 

 

प्रहरीले तीनकुने प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा लगाउने तयारी गरेको छ । उनीहरूलाई हिजो थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लियो ।

विभिन्न मितिमा पक्राउ परेका प्रसाईँसहित सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल, हरिहर चौलागाईँ, तारा राजावादी भनिने सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारुलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको हो । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई चैत १५ गते भएका विभिन्न हिंसात्मक घटनामा दोषी ठहर्‍याउने प्रहरीको प्रयास छ ।

उनीहरूको बयान सकिएको छैन । वारदातको प्रत्यक्षदर्शी लगायत साक्षीहरूको थप घटना विवरण कागज गर्ने, सम्बद्ध विभिन्न कार्यालयहरूमा पत्राचार गरी जवाफ प्राप्त गर्ने लगायतका १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । सोही कारण देखाएर प्रहरीले १५ दिन थप म्यादको माग गरेको थियो । तर जिल्ला अदालत काठमाडौंले ५ दिन उपलब्ध गरायो ।

हिजो जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा भएको सुनवाइमा वादी सरकारका तर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बहस गरेका थिए । प्रतिवादीहरूको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र डा. सुरेन्द्र भण्डारीले बहस गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...