दुर्गा प्रसाईँसहित ७ जनालाई ज्यान मुद्दा लगाउने तयारी



हाम्रो इकोनोमि

 

 

 

 

प्रहरीले तीनकुने प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा लगाउने तयारी गरेको छ । उनीहरूलाई हिजो थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लियो ।

विभिन्न मितिमा पक्राउ परेका प्रसाईँसहित सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल, हरिहर चौलागाईँ, तारा राजावादी भनिने सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारुलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको हो । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई चैत १५ गते भएका विभिन्न हिंसात्मक घटनामा दोषी ठहर्‍याउने प्रहरीको प्रयास छ ।

उनीहरूको बयान सकिएको छैन । वारदातको प्रत्यक्षदर्शी लगायत साक्षीहरूको थप घटना विवरण कागज गर्ने, सम्बद्ध विभिन्न कार्यालयहरूमा पत्राचार गरी जवाफ प्राप्त गर्ने लगायतका १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । सोही कारण देखाएर प्रहरीले १५ दिन थप म्यादको माग गरेको थियो । तर जिल्ला अदालत काठमाडौंले ५ दिन उपलब्ध गरायो ।

हिजो जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा भएको सुनवाइमा वादी सरकारका तर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बहस गरेका थिए । प्रतिवादीहरूको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र डा. सुरेन्द्र भण्डारीले बहस गरे ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...