हामीले १ लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलपर्‍यो : माओवादी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको सभाले राजावादीको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् । पोखरामा शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले गत चैत १५ गते माओवादीले गणतन्त्रको पक्षमा एक लाख उतारेपछि राजावादीको आन्दोलन ओझेलमा परेको बताएका हुन् ।

‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते वृहत रूपमा सभा गर्‍यौ, उनले भने, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरूले जुनरूपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।

महासचिव गुरुङले तत्कालको अवस्थामा राजावादीले अगाडि बढ्न सक्ने अवस्था नरहेको दाबी गरे । तर, सरकारको गतिविधिका कारण भविष्यमा गणतन्त्रको विरोधमा आवाज नउठ्ला भन्न नसकिने उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा न्यायिक छानबिन आवश्यक रहेको महासचिव गुरुङले बताए ।

‘नीतिगत छानबिनले केही न केही संकेत गरेको छ । न्यायिक छानविनको माग गरेको देखिन्छ । न्यायिक प्रकारको छानबिन गरेर कति भ्रष्टाचारी भएका छन् । उनीहरु कारबाहीको दायरामा हुनुपर्छ, उनले भने ।महासचिव गुरुङले अहिलेको सरकार असफल भइसकेको कारण राजीनामा दिनुको विकल्प नरहेको उल्लेख गरे । माओवादीले प्रतिपक्षको रूपमा रचनात्मक सुझाव दिइरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...