बालाजुको तरकारी व्यापारी र साना किसानलाई महानगरले लखट्यो



हाम्रो इकोनोमि

 

 

 काठमाडौं महानगर प्रहरीले बालाजु माछापोखरीमा बाइपास रोडको किनाराका साना किसान तथा तरकारी व्यापार गर्नेहरूलाई हटाउन सडक नै अवरुद्ध पारेर नगर प्रहरी परिचालन गरेको छ ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको,खर्पन र झोलामा तरकारी ल्याएर विक्री गर्दै जिविक चलाउनेहरूलाई हटाउन महानगर प्रहरीले सडक खाली गराएको हो । यसक्रममा सार्वजनिक यातायात समेत बन्द गराइएको छ । काठमाडौं महानगरको नेतृत्व साना किसान र श्रमिकहरूप्रति निर्मम बनेको आरोप लागि रहेका बेला ठुलो सङ्ख्यामा महानगर प्रहरीले बालाजु बाइपस रोड खाली गराएर हरियो सागसब्जी बेच्नेहरूलाई लखेटेको छ ।

आज बिहान नगर प्रहरीले साना किसान र तरकारी व्यापारीहरूलाई रोक्न खोज्दा माछापोखरी हुँदै आउजाउ गर्ने सार्वजनिक सवारी नै प्रभावित भएको थियो ।

काठमाडौं महानगरको १६ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा तरकारी किनबेच गर्नेहरूको भिडभाडले सवारी आवागमनमा बाधा पुग्ने गरेकाले उनीहरूलाई व्यवस्थित गर्न खोजिएको वडाध्यक्ष रोजिना श्रेष्ठले बताइन् । हालै सम्पन्न उपचुनावमा रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तरकारी व्यापार गर्नेहरूलाई अर्को ठाउँमा व्यवस्थित गर्न खोज्दा उनीहरू नमानेर सडकमै व्यापार गर्छौँ भनेपछि हटाउनुपरेको बताइन् ।

 

No description available.

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...