चीन-रुसदेखि दक्षिण कोरियासम्ममा लगानीकर्ता विराटनगरमा



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरू भएको छ । प्रदेश सरकारले आयोजना गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छ्न् । उद्घाटनको क्रममा स्वस्ति वाचन गरिएको थियो । सम्मेलन २ दिनसम्म चल्नेछ । सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ । मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको पनि उपस्थिति छ ।

प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधन लगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताए । सम्मेलनमा २ दर्जनभन्दा बढी परियोजनामा सम्झौताको सम्भावना सुनाउँदै कोइरालाले भने,‘दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने गरी फाइनल चरणको कुरा भइसकेको छ ।

सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ । लगानी सुरक्षित गर्न र अड्चनहरू हटाउन सरकारले ८ वटा कानून अध्यादेशमार्फत संशोधन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कार्कीले प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफलपछि परियोजना छनोट गरिएको उनले सुनाए ।

प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाको सूची तयार गरी तिनको प्राविधिक एवं आर्थिक अवस्थाको विश्लेषणसहित लगानीकर्तासमक्ष पेश गरिनेछ । साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताबाट प्राप्त आयोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानीका लागि निम्त्याइने छ । परियोजना सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग समेत सहजीकरण गर्ने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...